|

दाङ : देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको शुक्रबार मृत्यु भएको लमही अस्पतालले जनाएको छ। 

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै  चिकित्सकले मृत घोषणा  गरेका थिए। 

बिहान  साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताए। यसैबीच ट्र्याक्टरको ठक्करबाट गएराति जिल्लामा एक पैदल यात्रुको मृत्यु भएको छ।

तुलसीपुर–घोराही सडक खण्डको कपासेबगिया भन्ने ठाउँमा रा१त ३२६९ नंको ट्र्याक्टरले  ठक्कर दिँदा  पैदल हिँडिरहेका घोराही उपमहानगरपालिका–१६ का ४७ वर्षीय खलसिंह विकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक रिजालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.