काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बाढीपहिरो पीडितलाई तत्काल राहत उद्धार र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।
आयोगले प्राकृतिक विपद्को रोकथामका पूर्वतयारी अपनाउन र विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन पनि माग गरेको छ।
‘बाढी पहिरो तथा डुबानबाट वर्षेनी सयौँ नागरिकहरुले ज्यान गुमाउनु परिरहेको एवम् हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत गरी, पीडितहरूको तत्काल उद्धार,राहत,स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।