|

काठमाडौं : देशभर पछिल्लो समय कोरोना संक्रमित संख्या ओरालो लाग्न थालेको छ। ​काठमाडाैं उपत्यकामा पछिल्ला केही दिनयता संक्रमणदर निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ विवरणलाई केलाउँदा जेठ ३१ गते काठमाडौंमा ३ सय ९६, भक्तपुरमा ६६ र ललितपुरमा एक सय ४५ गरी कुल ६ सय ७ जनामा कोरोना संक्रमण भेटिएको थियो।

फेरि असार १ गते उपत्यकामा पाँच सय ४५ जनामा कोरोना संक्रमण देखिएको थियाे। काठमाडौंमा चार सय ५५,भक्तपुरमा १६ र ललितपुरमा ७४ जना थिए। 

असार २ गते काठमाडौंमा तीन सय ५४,भक्तपुरमा ७९,ललितपुरमा ६६ गरी कुल चार सय ८९ जना भेटिएको थियो। त्यस्तै असार ३ गते उपत्यकामा पाँच सय ७० जनामा देखिएको थियो।

जसमा काठमाडौंमा चार सय १३, भक्तपुरमा ३६ र ललितपुरमा एक सय २१ जना देखिएको थियो। शुक्रबार भने घटेर उपत्यकामा पाँच सय ८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ५४ र ललितपुर ६० रहेका छन्। त्यस्तै पछिल्लो समय उपत्यकामा सक्रिय संक्रमित संख्या पनि घट्न थालेको छ। 

हाल काठमाडौंमा ६ हजार सात सय ३५,ललितपुरमा दुई हजार ९ सय ८३ जना र भक्तपुरमा दुई हजार दुई सय ५० जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

तथ्यांकअनुसार जेठ २४ गतेसम्म काठमाडौंमा १२ हजार ५९,ललितपुरमा चार हजार ६ सय ७४ जना र भक्तपुरमा तीन हजार पाँच सय ९१ जना सक्रिय संक्रमित थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.