|

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा शुक्रबार बिहानबाट खुलेको हो।

भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए।

अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि शुक्रबार बिहान १० बजे बाट सुचारु भएको सूचना अधिकारी मोक्तानले बताए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका थिए।

मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिभएपछि भोटखोलाको माक्पालुङको टावरमा लिंक नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए।

दुर्गममा यातायातको नचल्ने भएका कारण पैदल जानुपर्ने भएकाले तत्कालै मर्मत गर्ने नसकिएको सूचना अधिकारी मोक्तानले बताए। अवरुद्ध टेलिफोन सेवा सुचारु भएको २० दिनपछि टाढा टाढा रहेका आफन्तसँग फोन सम्पर्क भएको भोटखोलाका स्थानीय आङजुङ भोटेले बताए।

भोटखोला २ र ४ वडाको सिमानामा रहेको माक्पालुङको टावरमा यसअघि पनि पटक पटक समस्या आउने गरेको स्थानीयले बताए। उच्च हिमाल क्षेत्रमा  हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा बेलाबेला समस्या आउने गरेको छ।

अवरुद्ध टेलिफोन सेवा सुचारु भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकका स्थानीय खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.