|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दुर्घटनामा परेको छ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप दुर्घटना परेको हो। 

प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन्। घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए।

अन्य ५ जना प्रहरीहरुको टाउको र हातमा चोट लागेको छ।

घाइते सबै प्रहरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थापाले बताए। ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली पुलको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दुर्घटना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.