काठमाडाैं : जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी थुनिएको र जतिबेला पनि फुट्न सक्ने चेतावनी दिएको छ।
तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई प्रशासनले सचेत गराएको हो। प्रशासनले शुक्रबार राति पाैने १० बजे अत्यन्त जरुरी सूचना जारी गरेको छ।
प्रशासनले नेपाल-चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको र कुनै पनि समयमा तामाकोसीमा पानीको वहाब बढेर बाढी आउन सक्नेभन्दै सचेत रहन आग्रह गरेको छ।
साथै प्रशासनले कुनै खतराको संकेत प्राप्त भए स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न भनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।