|

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ। पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ। त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमित अवस्थामै रहेको पाइएको छ। कोरोनाभाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.