|

स्याङ्जा : जिल्लास्थित आँधिखोला तर्ने क्रममा खोलाले बगाएर यहाँका एक पुरुषको मृत्यु भएको छ। शनिबार पुतलिबजार नगरपालिका-४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई शनिबार करिब दिउँसो साढे दुई बजे खोलाले बगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.