|

काठमाडौं : देशभर कोरोना संक्रमणदर घट्दै गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २ हजार ४ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। 

७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत पुगेको छ। मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ। 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७६ पुगेको मन्त्रालयको तथ्यांक छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.