|

काठमाडौं : इरानका कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।  उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्।  अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन्। अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ। 

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए।  रईसी आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वको रुपमा चिनाउँछन्।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ। इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी हुन्। रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्ने बीबीसीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.