|

सिन्धुपाल्चोक : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बुका करिव ४० घर बाढी पीडित परिवारलाई राहत सहयोग गरेको छ।  संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले खाधान्न वितरण गरेको हो।

संस्थाका उपाध्यक्ष श्रेष्ठका अनुसार गाउपालिका वडा-७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक बाेरा चामल,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि, १५ केजी चिउरा, नुन, तेल, चिया पती, सावुन वितरण गरिएको छ। यसमा मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकले पनि सहयाेग गरेकाे छ। 

हाम्रो जन्मभूमि  र मानव सेवा संस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिब २ लाख बरावरको रकमको राहत सामाग्री वितरण गरेको उनको भनाई छ।

हेलम्बु गाउँपालिकामा वडा-१ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढीले असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक बाढीले स्थानीयहरुमा धेरै नै क्षति पुर्‍याएकाे छ। हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक सघ–संस्थाहरुले सहयोग गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.