चिकित्सक भन्छन् : आवेश र आक्रोश रोक्नैपर्छ

|

काठमाडाैं : जति–जति युरो कप फुटबलका पछिल्ला चरणका खेलहरु हुदै जान्छन्, त्यति–त्यति दर्शक एवं फुटबल समर्थकको संख्या बढ्दै जान्छ। यही बीचमा रातको समयमा निद्राको प्रभाव नगरी युरो कप फुटबलका खेलहरु हेरिरहँदा नेपालीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न थालेको छ।

जिउ आलस्य हुने, निद्रा दिनभर लागिरहने, टाउको दुख्ने, छातीमा पीडा हुनेलगायत समस्या देखा पर्ने गर्छ। सुगर र प्रेसरका रोगीलाई भने हृदयघात,मस्तिष्कघात तथा ज्याने जाने सम्मको खतरा निम्ताउन सक्नेमा सम्बन्धित स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्। 

युरोपका विभिन्न ११ शहरमा जारी युरो कप फुटबलका अधिकांश खेल रातको समयमा मात्र आउने गरेको छ। समर्थकहरुले आफ्नो मनपर्ने देशलाई समर्थन गर्दै फुटबलको मजा लिने गरेका छन्। यस्तो क्रममा विपक्षीविरुद्ध नाराबाजी गर्नेदेखि आफ्नो टोली मात्र राम्रो देखिएको छ भन्ने जस्ता भनाइ राख्न समर्थकहरू तल्लीन हुन्छन्।

युरो कपअन्तर्गत  समूह चरणका अन्तिम खेलहरु भइरहेका छन्। यस पछाडिका अन्य चरणका खेल पनि मध्यरातकै हाराहारीमा हुनेछ। समूह चरणमा पहिलो खेल पौने ७ बजे, दोस्रो पौने १० तथा तेस्रो खेल पौने १ बजे भएको थियो।

एकाबिहानै फेरि कोपा अमेरिका कप फुटबल पनि भइरहँदा फुटबलका पागलप्रेमीलाई निन्द्रको टुंगै छैन। रातको समयमा दिनहुँजसो युरो कप फुटबल हेरिरहँदा स्वास्थ्य समस्या धेरै निस्किएको मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी बताउँछन्। 

झुम्म हुने, निद्रा लागेको जस्तो हुने, रक्तचाप नियन्त्रण बाहिर जाने, छाती र टाउकोमा पीडा  हुने लक्षण बढी देखिएको छ। डा रेग्मीले भने, 'सुगर र प्रेसरका बिरामीका लागि त रातको समयमा कराउँदै र इमोसनमा फुटबल हेर्नु हृदयघात र मस्तिष्कघातकै कारक बन्ने सम्भावना छ, जसका कारण उनीहरुको ज्यानै पनि जान सक्छ।'

विभिन्न स्वास्थ्य समस्या देखिए पनि अहिलेसम्म ठूलो समस्या भने देखापरेको उनी बताउँछन्। सिम्पोथेटिक क्रियाकलापहरु ओभर एक्टिभ हुने हुुँदा ती समस्या आउने डा रेग्मी बताउँछन्।

बिहान २ देखि ४ बजेको समयमा मुटु एक्टिभ हुने हुँदा सर्तक भएर हेर्न डा रेग्मीले आग्रह गरे। उनले दमसहित मुटु रोग हुनेलाई झन् खतरा रहेको बताए। त्यसले गर्दा चिसोले झन् समस्या पैदा गर्छ, मुटुको नसा बन्द भएर बोसो जम्न सक्छ,' उनले भने, 'बिहानीपखको खेल हेरे पनि करिब ७ घण्टा आनन्दले निद्रा पुर्‍याए स्वास्थ्यलाई असर हुँदैन।

मुटु रोगी बढ्न सक्छन् 

कोभिड १९ को असर परेका व्यक्ति 'पोष्ट कोभिड सिन्ड्रोम' देखिएको छ। उनीहरु मुटुका समस्या लिएर आउने गरेको चिकित्सकहरु बताउँछन्। युरो कप कप फुटबल मिलाएर हेर्न नसक्दा र आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा राजधानीमा पछिल्लो समयमा मुटुका रोगी बढ्ने अनुमान छ।

अस्पताल र क्लिनिक तथा स्वास्थ्य संस्थामा मुटुका रोगीहरु बढ्ने सम्बन्धित चिकित्सकहरुले दाबी गरेका छन्। उच्च रक्तचाप, मुटुका रोगी र मधुमेहका बिरामीले नियमित औषधि सेवन गरिरहे पनि पछिल्लो एक महिनामा मुटु रोगको समस्या बढेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिए।

'उही औषधि र उही डोजमा सेवन गरे पनि मुटुको समस्यामा उनीहरु छन्, झन् बढेको छ,' उनले भने, 'निद्रा अभावका कारण उनीहरुमा यस्तो समस्या आएको हो।

यी समस्यालाई युरो कप सिन्ड्रोमको उपाधि दिएका डा रेग्मीले विभिन्न खाले लक्षण बढ्दै गए हृदयघात या मष्तिष्कघात हुँदै ज्यानै समेत जन सक्ने उल्लेख गरे। ४ वर्षमा एकपटक आउने युरो कप फुटबलप्रति मरिहत्ते गर्नेहरुले रमाइलोका लागि मात्र हेनुपर्नेमा आवेश र आक्रोशमा मेरो समर्थनको देश भनेर रिसाउने झगडा गर्ने प्रवृत्तिले पनि मुटुको समस्या बढाउने गरेको डा रेग्मी बताउछन्।

१५ वर्षदेखि झण्डै ३० वर्ष सम्मकाले राति युरो कप हेर्दा खासै स्वास्थ्यको ध्यान दिनु नपरे पनि ३०–४० वर्ष भन्दा माथिकाकाले ज्यान र स्वास्थ्य हेरेर मात्र युरो कपको मजा लिनुपर्ने उनको सुझाव छ। भन्छन्, 'इमोसन र उत्तेजनमा आएर फुटबल नहेरौँ, सकेसम्म पहिलो म्याच हेरेर दोस्रो खेल भोलिपल्ट रिप्लेमा हेर्नु राम्रो होला? निद्रा आवश्यक वस्तु भएकाले मेडिटेसन गरेर रातको समयमा गुमेको निद्रालाई सन्तुलनमा राख्नुपर्छ। हाम्रो आफ्नो देश त्यहाँ नभएकाले झगडा या चर्काचर्की नगरेर शान्तसँग युरो कप हेरौँ, निद्रालाई समेट्न आधा घण्टा मेडिटेसन गरौँ।'

उनका अनुसार दैनिक आधा घण्टाको मेडिटेसनले ४ घण्टाको निद्रा बराबर प्राप्त हुने बताए। रातको निद्राको सट्टा बिहान अबेरसम्म करिब ६ देखि ८ घण्टा सुत्नु उनले सुझाव दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.