|

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकै पटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई गाउँपालिकाले जनही एक लाख ५१ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

पाँचै बालिकाहरुको परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आइतबार एक लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन्। यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई एक–एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ।

गत जेठ २८ गते मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा हुलास यादवले माछा पालनका लागि निर्माण गरेको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.