|

दैलेख : ट्रकको ठक्करबाट सुर्खेतमा एक जना पत्रकारको निधन भएको छ।

सुर्खेतको कपासे–छेडा खण्डको बासपानी मोडमा भे१क ९१३ नम्बरको मिनी ट्रकले पत्रकार खिम प्रसाद पोखरेल सवार मोटसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीमगरले थाहाखबरलाई जानकारी दिए। 

दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेका पोखरेल सवार लु६६प २८२३ नम्बरको मोटरसाइकललाई दैलेखतर्फ जाँदै गरेको भे१क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। देउती नर्सिङ होम सुर्खेतमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। 

गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले अहिले नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ। 

दुर्घटनाका विषयमा अनुसन्धान गर्न चालकलाई नियन्त्रणमा लिइएको र के कति कारणले दुर्घटना भएको त्यसबारे अनुसन्धानपछि खुल्ने डिएसपी घर्तीले बताए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.