काठमाडौं : अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरु नौ महिनादेखि १७ वर्षसम्मका बालबालिका रहेको बीबीसीले जनाएको छ। पाँच जना घाइते भएका छन्।
आँधीहुरी र चिप्लो सडकमा सवारी साधनले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। अलाबाको इस्काम्बीय काउन्टीमा समुद्री आँधीका कारण कम्तिमा ५० भन्दा बढी घर ध्वस्त भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।