|

भक्तपुर : एक किशोरीलाई बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईं पक्राउ परेका छन्।

चौलागाईंलाई काठमाडौं सुन्धाराबाट प्रहरीले आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। ती युवकमाथि धुलीखेल–८ की १५ वर्षीया किशोरीलाई भक्तपुर नगरपालिका–४ स्थित एक गेष्ट हाउसमा लगी बलात्कार गरेको आरोप छ।

गिरीका अनुसार किशोरी गत असार ५ गते बिहान १० बजे धुखिलेलबाट हराएकी थिइन्। उनकी आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा छोरी हराएको निवेदन दिइन्। निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंंको टोलीले आइतबार ती किशोरीलाई सुन्धारामा फेला पारेका थिए।

किशोरीसँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईंले ललाइफकाई घुम्न जाउँ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्ट हाउसमा लगेर डर देखार बलात्कार गरेको बताएकी प्रहरीको भनाइ छ। उनको वयानको आधारमा उनकी आमाले महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएको र सोही आधारमा चौलागाईंलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले बताएको छ।

घटनाको बारेमा थप अनुसन्धान गर्दै पक्राउ परेका चौलागाईंलाई कानुनी कारवाहीको प्रक्रिया चलिरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.