|

काठमाडौं :  देशभर २ हजार २ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा १० हजार ९ सय ४ जनाको परीक्षण गरिएको थियो।

६ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन्। यो दर ८९ दशमलब ९ प्रतिशत पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

गत २४ घण्टामा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको छ। कूल मृतकको संख्या ८ हजार ७ सय ७२ पुगेको छ। 

काठमाडौंमा २ सय ८५,ललितपुरमा ६१ र भक्तपुर ३३ गरी उपत्यकामा ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.