|

पर्सा : आफैँले बोकेको राइफलको गोली लागी घाइते नेपाली सेनाका जवानलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ। आइतबार साँझ ड्युटीमा बसेकै समयमा आफ्नै राइफलको गोली लागेर घाइते भएका चण्डी प्रसाद गण वीरगन्जका सैनिक जवानलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको हो।

उनको वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। थप उपचारका लागि काठमाण्डौको सैनिक अस्पतालमा नै पठाइएको चण्डीप्रसाद गण वीरगन्जले जनाएको छ। पर्साकै पोखरिया नगरपालिका वडा नं.–५ सतबरिया स्थायी घर भएका २२ बर्षीय जवान श्यामबाबु प्रसाद चौहान आइतबार साँझ गणको कार्यालय भवन पछाडीको पोष्टमा ड्युटी थिए। उनले आफैँ बुझेर लगेको एन–१६ राइफलको गोली लागेको खुलेको छ।

गोली घाँटीमुनि छेउबाट दाहिने आँखाको तल छेडेर बाहिर निस्किएको डोब रहेको अस्पतालका चिकित्सकले बताए। गोली कसरी लाग्यो भन्ने सवालमा नेपाली सेनाको चण्डीप्रसाद गणले थप अनुसन्धन सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.