|

काठमाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ। 

उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो।

पर्चामा लेखिएको छ ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ।’

किन पर्चा टाँस गर्नुभयो भन्ने न्यूज एजेन्सी नेपालको प्रश्नको जवाफ दिदैँ नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकताबारे स्पष्ट पार्न समयसिमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि पर्चा टाँसेको बताए।

‘हामीले उहाँलाई तपाईं नेपाली नागरिक होइन। तपाईको नागरिकता नक्कली छ। झुठो विवरण छ।  तपाईले सात दिनभित्रमा त्यो नागरिकताको विषयमा स्पष्ट पार्नुस् भनेर सूचना जारी गरेका थियौँ। उनले भने, 'त्यो सूचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर हामीले यो निषेध पत्र हामिले टाँस गरेका छौँ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.