|

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीले दिएको जानकारीअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा पत्रकार राईसहित तीन जनाको नाम प्रस्ताव गरेकी थिइन्।

प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए। धनकुटाका राई पछिल्लो पटक काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.