|

पर्सा : दुई वर्षदेखि संचालन भइरहेको पर्साको वीरगन्जमा रहेको नारायणी बयोधा अस्पताल बिना अनुमति संचालनमा रहेको पाइएको छ।  

सोमबार जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा अस्पताल बिनाअनुमति  संचालनमा रहेको पाइएको हो। अनुगमन टोलीका संयोजक पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलेले अस्पतालसँग पूर्वाधार निर्माणको मनसाय पत्र मात्र रहेको जानकारी दिए।

उनले अस्पताल संचालनको अनुमति नरहेको बताए। संचालकहरु मध्येका औद्योगिक घरानाका अशोक वैद्यले अस्पताल संचालन स्वीकृतिको प्रकृयामा रहेको दाबी गरे। ‘डेढ अर्बको लगानीमा बनाइएको अस्पताल बन्द राख्न त बनाइएको होइन ?’ उनले प्रश्न गरे।

दुई सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिएको अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट पटक–पटक अनुगमन भएकोसमेत उनले सुनाए। कोभिडको कारणले स्वीकृति पत्र आउन केही विलम्ब भएको उनले सुनाए। 

स्वास्थ्य सेवा संचालनका लागि जन स्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ३ को दफा २२ (१) मा सरकारी वा निजी स्वास्थ्य संस्थाले इजाजत पत्र लिएर मात्र संचालन गर्न पाइने उल्लेख गरिएको छ।

बिनाअनुमति स्वास्थ्य सेवा संचालन गर्दा जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ८ को दफा ५३ को (क) मा १० लाख जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। ​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.