|

काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार २ सय ९७ जनामा कोरोना संक्रमण हुँदा ३ हजार १ सय ३० जना कोरोनामुक्त भएका छन्। हालसम्मकै निको हुने दर ८९ दशमलव ९ प्रतिशत रहेको जनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४  जनाको पिसिआर र एन्टिजेन परीक्षण गरिएको जनाएको छ। 

यही अवधिमा ६ हजार ५ सय ८३ को पिसिआर र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। तीमध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७ सय १३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.