|

काठमाडौं : दलबदल गरेका कारण पार्टीको कारबाहीमा परेका जनप्रतिनिधिहरुको ठाउँमा उपनिर्वाचन हुने संभावना न्यून रहेको पाइएको छ।

पछिल्लो समय पार्टीको कारबाहीमा परेर जनप्रतिनिधिको पद रिक्त हुने ठाउँमा निर्वाचनको सम्भावना न्यून देखिएको हो। करिब एक वर्षको अवधि बाँकी रहे पनि निर्वाचन आयोग भने रिक्त स्थानमा पदपुर्ति गर्ने पक्षमा नरहेको देखिन्छ।

पछिल्लो पटक रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्नै पर्ने बाध्यता नरहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई पछिल्लो समय कारबाही गरेको छ।

पार्टीले दल त्यागको जानकारी सोमबार नै निर्वाचन आयोगलाई गराएको छ। माओवादीले गरेको कारबाहीका कारण एकै पटक १४ जना जनप्रतिनिधिको पद रिक्त हुँदैछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादीले पठाएका कागजात पेश भएपछि आयोगले निर्णय गरेर पद रिक्त भएको सूचना निकाल्ने जानकारी दिए।उनले सबै प्रक्रिया पुरा भएमा २ देखि ३ दिन भित्रमा आयोगले सूचना प्रकाशित गर्ने बताए।

आयोगको सूचनापछि स्थानीय तहका पदाधिकारी स्वतः पदमुक्त हुनेछन्। कुनै पनि जनप्रतिनिधिको पद रिक्त रहेको अवस्थामा त्यहाँ उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसका लागि स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष वा प्रमुख उपप्रमुखको हकमा १ वर्ष भन्दा बढि कार्यकालको अवधि बाँकी रहेमा उपनिर्वाचन गर्नुपर्छ। तर माओवादीले गरेको कारबाहीका कारण रिक्त स्थानमा उपनिर्वाचन हुन नसक्ने देखिएको छ। कार्यकालको एक वर्ष बढि समय बाँकी हुनुपर्ने भए पनि अहिले करिब गर्नै पर्ने अवस्था नदेखिएको बताएको छ।

आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘अब करिव एक वर्ष समय बाँकी छ। निर्वाचन हुन्छ हुन्न भन्ने यसै भन्न सकिन्न। तर संवैधानिक वाध्यता पनि अब रहन्न।’ कतिपय स्थानीय तहमा त प्रमुख उपप्रमुख दुबैको पद रिक्त हुने देखिएको छ। यस्तो अवस्थामा सम्बन्धित पालिकाको कामकारबाही प्रभावित हुने देखिएको छ।

श्रेष्ठकाअनुसार अहिले वडाध्यक्षको पद रिक्त भएको अवस्थामा वडा सदस्यहरु मध्येबाट स्थानीय तहले तोकिदिएको व्यक्तिले वडाध्यक्षको काम गरिरहेको अवस्था छ। प्रमुख र उपप्रमुखका विषयमा रहेकोे व्यवस्थाबारे भने उनले केहि बताएनन्।

यसबाहेक स्थानीय तहमा धेरै पदहरु रिक्त छन्। केही मृत्यु भएर र केहीले दल त्याग गरेका कारण पद रिक्त हुन पुगेको हो। तर यसको एकिन तथ्याङ्क न निर्वाचन आयोगसँग छ न त संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग नै छ। सामान्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले रिर्पोटिङ नभएकाले नियमित अपडेट गर्न बाँकी रहेको बताए। 

यि हुन माओवादीले कारबाही गरेकाहरु
रौतहट
रिना कुमारी शाह: प्रमुख मौलापुर नगरपालिका
शियाराम कुसहवाः प्रमुख कटहरिया नगरपालिका
गौरिशंकर प्रसाद जयसवालः उपप्रमुख मौलापुर नगरपालिका
परनियाँ देवीः उपप्रमुख देवाही गोनाही नगरपालिका
कान्ती देवीः उपप्रमुख फतुवा विजयपुर नगरपालिका
सिमल शाहः उपप्रमुख माधवनारायण नगरपालिका
गीतादेवी शाहः उपाध्यक्ष यमुनामाई गाउपालिका
कैलाली
छाया देवकोटाः उपप्रमुख भजनी नगरपालिका
भागिरथी विष्टः वडाध्यक्ष गौरिगंगा नगरपालिका ४
शर्मानन्द भट्टः वडाध्यक्ष गोदावरी नगरपालिका १
पुरन बिसीः वडाध्यक्ष बर्दगोरिया नगरपालिका ४ 
अन्य स्थानीय तह
शेख फारुकः अध्यक्ष साम्सी गाउँपालिका महोत्तरी
शुरेर कुमार थापाः वडाध्यक्ष चम्पादेवी गाउपालिका ७ ओखलढुंगा
शतमिलाल वास्तापीः सदस्य लहान नगरपालिका सिरहा
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.