|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

भरतपुर महानगरपालिका–२६ को सिसई क्षेत्रको अवलोकन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले बिस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए।

उनले बाढीपीडितलाई सुरक्षित रहन आग्रह गरे। अनुगमनको क्रममा स्थानीयहरूले असार पहिलो साता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफूले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए।

बाढीले भरतपुर महानगरपालिकाको–३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १०० बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.