|

काठमाडौं : ललितपुर महानगरपालिका कार्यालयले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलि (बुधबार)बाट कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ।

खोप कार्यत्रक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

महानगरसँग बाँकी रहेको करिब २५ सय डोज खोप लगाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी  दिए।

यसमध्ये ललितपुरमा ७७ वर्ष माथिका २ हजार २ सय २० जनाले दोस्रो डोजको खोप लिन बाँकी रहेको तथ्यांक छ भने बाँकी खोप जनप्रतिनिधि, स्वयंसेवक र कर्मचारीलाई दिइने छ। 

खोप लगाउनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। महानगरको २९ वडाका बासिन्दाका लागि विभिन्न स्थानमा ८ वट खोप केन्द्र तोकिएको छ। 

(तोकिएका खोप केन्द्रहरु)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.