|

जाजरकोट : भेरी नगरपालिका–२ की वडा सदस्य शसीला नेपालीको भीरबाट लडेर मृत्यु भएको छ। 

डिंगा घरबाट बाहुनथानास्थित वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली मंगलबार बिहान भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको नगरपालिकाकी प्रवक्ता पार्वती विकले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.