|

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफूले १९ दिनभित्र गरेको काम सार्वजनिक गरेका छन्।

स्वास्थ्य मन्त्रीको रूपमा १९ दिन मात्रै जिम्मेवारी सम्हालेका तामाङले जनताको स्वास्थ्य उपचार निशुल्क गर्नेदेखि गाँजा अनुसन्धानको बारेमा समेत पहल गरेको फेसबुकमार्फत सार्वजनिक गरेको हुन्।

उनले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको दाबी गर्दै खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चितता भएको बताएका छन्।

उनले लेखेका छन्, 'कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चितता भएको छ।'

पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने समेत बताएका छन्। राजनीतिको खेलमा नेपाली नागरिकको जीवनमाथि खोलवाड गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्।

'सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात गरेको छु' उनले लेखेका छन्, 'सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको छ।'

गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल समेत सुरु भएको उनको भनाइ छ। गाँजा खेति गरेर आर्थिक लाभ लिन सकिने दाबी गर्दै उनले संसद्मा समेत ;गाँजा विधेयक' दर्ता गराएका थिए। सो विधेयक हाल विचाराधीन अवस्था छ।

यस्तो छ तामाङको १९ दिने कार्यकालको प्रगति 

१‍.  कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न। खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको। (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नागरिकको जीवनमाथि खोलवाड गर्ने छुट कसैलाई छैन।

२‍. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरुवात।

३‍.  सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.