|

गोरखा : खेतमा जोतेर फर्कने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ। बुधबार विहान भिमसेन थापा गाउँपालिका ६ स्थित अश्राङ खोलामा ३९ वर्षीय राजकुमार श्रेष्ठ लडेका थिए। उनी सहिद लखन गाउँपालिका–८ छापथोकका रहेको वडाअध्यक्ष काशीनाथ अंगाईले जानकारी दिए।

‘खेत जोत्दाजोत्दै घाम चर्किएपछि  गोरु फुकाएर चराउन गएको र घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको छ,’ वडाध्यक्ष अंगाईले भने, ‘अनुहारमा चोट देखिएको छ। पोष्टमार्टमका लागि गोरखा अस्पतालमा शव लगिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.