|

सर्लाही : इँटाभट्टाले बनाएको खाडलमा डुबेर एकै घरका दाजुभाइ बालकको मृत्यु भएको छ। 

सदरमुकाम मलंगवा नगरपालिका–११, गम्हरिया निवासी सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो।

प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए। आज (बुधबार) मध्याह्न दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले गाउँलेलाई खबर गरेका थिए। 

तत्काल इँटाभट्टाका मजदुर र गाउँले मिलेर उनीहरूलाई निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएका थिए। अस्पतालमा पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 

इँटाभट्टा संचालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.