|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएको छ।

उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए। त्यस्तै तीन हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पाैडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.