|

काठमाडौं : आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जित्न लागि न्यूजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको छ।

फाइनलअन्तर्गत छैटौं दिनमा भारत दोस्रो इनिङ्समा ७३ ओभरमा १ सय ७० रन जोड्दै अलआउट भएपछि न्यूजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको हो। उपाधि जित्न अब न्यूजिल्याण्डले उक्त लक्ष्य ५३ ओभरमा पूरा गर्नुपर्नेछ।

भारतका लागि ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५–१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३–१३ रन बनाए।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए।

यसअघि पहिलो पारीमा न्यूजिल्याण्ड २ सय ४९ रनका अलआउट भएको भएको थियो।

उसका लागि डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो।

उसका लागि उपकप्तान अजिंक्या रहाणेले ४९, कप्तान विराट कोहली ४४, रोहित शर्मा ३४, शुभमन गिल २८, रविचन्द्र आश्विनले २२, रवीन्द्र जडेजाले १५ रनको योगदान दिए।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

भारतलाई सस्तैमा समेट्ने क्रममा काइल जेमिसनले घातक बलिङ गरे। उनले २२ ओभर १२ मेडनसहित ३१ रन खर्चिएर ५ विकेट लिए। उनले विराट, रोहित, ऋषभ पन्त, जसप्रित बुमराह र इशान्त शर्माको विकेट लिएका हुन्। यससँगै उनी विश्व टेष्ट च्याम्पियनसिप फाइनलको पहिलो पारीमा पाँच विकेट लिने पहिलो बलर बनेका छन्। 

यस्तै, नील वाग्नर र ट्रेन्ट बोल्टले दुई–दुई र टिम साउथीले विकेट लिए। विराट कोहलीको कप्तानीमा रहेको भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ। केन विलियम्सनको न्यूजिल्याण्ड पनि उपाधि जित्ने योजनामा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.