|

काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो।

मूल्य बढेपछि पेट्रोलको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ। 

हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर २ रुपैयाँले बढाई ८२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा पनि प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.