|

इलाम : जारी युरो कपको ग्रुप अफ डेथको दुवै खेल आज हुँदैछ। गत संस्करणको विजेता पोचुर्गलले उपविजेता फ्रान्ससँग तथा उपाधिको दाबेदारको रुपमा हेरिएको जर्मनीले हंगेरीको सामना गर्दै छन्।

 जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ। 

यो समूहबाट फ्रान्सले एक जित र एक बराबरी निकालेर ४ अंक बटुलेको छ। अन्य ३ टोली नकआउट पुग्न संघर्षरत छन्। जर्मनीले १ जित र १ पराजयसँगै दोश्रो स्थानमा छ।

समान अंकका साथ पोर्चुगल तेश्रो स्थानमा छ। १ अंक बटुलेको हंगेरी अन्तिम स्थानमा छ। जर्मनीले जित निकाल्न सफल भएमा अघिल्लो चरण प्रवेश गर्नेछ। अर्कोतर्फ फ्रान्सको बराबरीले समेत जर्मनी अघि बढ्नेछ।

फ्रान्स पराजित भए र जर्मनले जित निकालेमा समूह विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्नेछ।

जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे जर्मनी तेस्रो स्थानमा पुग्नेछ। यस्तो अवस्थामा समूहको उत्कृष्ट तेस्रो टोलीको रुपमा जर्मनीको सम्भावना रहनेछ।

पोर्चुगलविरुद्ध प्रभावशाली प्रदर्शन गरेको जर्मनीले सोहीअनुरुप खेल पस्कँदै हंगेरीलाई हराउने लक्ष्यमा हुनेछ। 

यता हंगेरीलाई समूहमा दोस्रो भएर अघिल्लो चरण प्रवेश गर्न आफूले जितेर मात्रै पुग्दैन पोर्चुगलले अंक गुमाउनु पर्नेछ। हंगेरी जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ।

हंगेरीले जितेर अर्को खेल बराबर भए हंगेरीले तेस्रो स्थान हासिल गर्दा पोर्चुगल समूह चरणबाटै बाहिरिने छ। विश्वविजेता फ्रान्सलाई १–१ गोलको रोक्दै बहादुरी देखाएको हंगेरी सोही नतिजालाई जर्मनीविरुद्धको खेलमा पनि दोहोर्‍याउन चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.