|

काठमाडौं : जातीय विभेदविरुद्ध बिहीबार राजधानीमा प्रदर्शन भएको छ। सञ्चारकर्मीसमेत रहेकी कलाकार रुपा सुनारको सन्दर्भले धेरै प्रश्नहरु जन्माएको भन्दै क्रियाशील दलित पत्रकार, नेपाललगायतका संस्थाहरुको अगुवाइमा प्रदर्शन भएको हो। 

जातीय विभेद गर्ने व्यक्तिलाई संरक्षण गर्न गरेको भन्दै प्रदर्शनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरिएको छ।

‘जातीय विभेदका मतियार मन्त्री/व्यवस्था मुर्दावाद, जुन तिथीमा जात छ मान्छे त्यहाँ दास छ, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लगायतका नारा लेखिएका पर्चा पम्पलेट बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विभेदविरुद्ध हस्ताक्षर संकलनसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.