|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यही समयमा १२ हजार दुई सय ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साथै दुई हजार पाँच सय १८ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ।

काठमाडौं उपत्यकाभित्र तीन सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा दुई सय ३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.