|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चले पदमुक्त गरेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीसहित चार मन्त्रीलाई बाँडफाँड गरेकी छिन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह, उद्योग, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि, खानेपानी, संचार र सहरी विकास तथा कानुन मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था, महिला, बालबालिका, पर्यटन र सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ। 

पछिल्लो पटक थपिएका १८ मन्त्री र २ राज्यमन्त्रीलाई मन्त्रीका हैसियतमा कामकाज नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएसँगै मन्त्रालय रिक्त भएका थिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.