|

बैतडी : महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

राजमार्ग शुक्रबार बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। पहिरो शुक्रबार बिहान खसेको हो। त्यही ठाउँमा केही दिनअघि पनि पहिरो खसेको थियो।

राजमार्ग अवरुद्ध हुँदा २० वटाभन्दा बढी सवारी साधन रोकिएका छन्।सवारी साधन रोकिँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। राजमार्गमा खसेको पहिरो पन्छाएर सडक खुलाउने  प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालनमा आउने प्रहरी निरीक्षक खड्काले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.