|

सुर्खेत : असार १ गते कर्णालीको २०७८/०८९ को बजेट सार्वजनिक भएदेखि एमालेका कारण बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ।

आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत १२ औँ बैठकको कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो।

यसअघि असार ४, ६, ८ र ९ गतेको सदन एमालेकै कारण सदन नै चल्न सकेको थिएन। तर आज दिउँसो २ बजे बसेको बैठक पनि १५ मिनेटमै स्थगित भएको हो। 

प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथिको छलफलको कार्यसूचीमा प्रवेश गर्न दिएन। बैठकमा उपस्थित १२ जना एमालेका सांसदहरू रोष्ट्रममै करिब ५ मिनेट उभिएपछि सभामुख राजबहादुर शाहीले बैठक असार १३ गते दिउँसो २ बजेका लागि सदन स्थगित गरे। 

एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन एक कदम पनि चल्न नदिने माग राखेको छ। सदन सुरु हुने बित्तिकै संसदीय दलका नेता तथा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले पछिल्लो समय कर्णालीमा कोही सरकारमा कोही प्रतिपक्षमा रहेको प्रचार–प्रसार धेरै भएको भन्दै सदनमा एमाले दुई वटा नभएको र एमाले पनि सरकारमा आक्रोश पोखे।

शाहले भने, ‘खनाल–नेपाल समूहका तीन जना सरकारमा रहेका मन्त्रीहरुले गर्दा एमाले नै सरकारमै छ भनेर प्रचार–प्रसार भयो, हामी एमाले कि को? हामी के सरकारमा छौं र? सभामुख महोदय यस विषयले तत्काल निकासा गर्नुपर्‍यो।’

शाहले एमालेले संसदमा उठाएका विभिन्न राजनीति मुद्दातर्फ सरकारले ध्यान नदिएको गुनासो गरे। नेकपा एमाले सरकारमा नरहेकाले केही व्यक्तिले एमालेका नाममा बदनाम गराउने गरेका र पछिल्लो समय एमालेको आन्तरिक विवादले संसद अवरुद्ध भन्ने विषयमा समाचार आइरहेको बताए। 

एमालेबाट 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका चार जना सांसदमध्ये तीन जना मन्त्री भएका छन्। तीमध्ये अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलले सरकारमा नबस्न र तत्काल मन्त्रीबाट राजीनामा गर्न भनेको छ।

तर ती तीनै जना मन्त्रीले भने एमाले संसदीय दलको निर्णय नमान्ने र राजीनामा नदिने अडान कसेका छन्। सरकारमा सहभागी नेपाल–खनालका तीन जना मन्त्री भने आफूहरु सँगै एमाले पनि सरकारमा रहेको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.