काठमाडौं : काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।
साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।
उनले थाहाखबरसँग भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिनेबारे छलफल भएको छ, आधिकारिक निर्णय भने भोलि फेरि एक चरण बैठक बसेर निर्णय गर्ने छौँ।’
कोरोना संक्रमणदर अझै कम नभएकाले एक साता निषेधाज्ञा थप्ने तयारी भएको उनले बताए। जारी निषेधाज्ञा भोलि (सोमबार) सकिँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।