|

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।

घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’

घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ वर्षीय तेजबहादुर खत्रीले बताए। प्रत्येक घरमा खानेपानीको धारा निर्माणपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको उनको भनाइ छ।

बस्तीभन्दा ३५० मिटर तल रहेको पानी लिफ्ट प्रविधिबाट तानेर बस्तीमा वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर चन्दले बताए। ५५ घरधुरीका लागि प्रत्येक घर घरमा धारा वितरण गरिएको उनले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय सल्यानको ५० लाख रुपैयाँ लागतमा घर घरमा खानेपानीका धारा वितरण गरिएको कार्यालयका प्रमुख इन्जिनियर विनोद पुनले बताए। घर घरमा पानीका धारा भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको पुनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.