|

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा सोमबारबाट डायलाइसिस सेवा सुरु भएको छ।
 

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेटौंडा डायलाइसिस केन्द्रको उद्घाटन गरेका हुन्। मिर्गौला रोगीहरुको लागि निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालका रजिष्ट्रार राजेश प्रसाईँले बताए। सेवा सुरु भएपछि सरकारी अस्पतालमा डायलाइसिस सेवा नहुँदा विभिन्न स्थानमा धाउँदै आएका मकवानपुरमा रहेका ५३७ जना मिर्गौला रोगीको बाध्यताको अन्त्य भएको प्रसाईँको भनाइ छ। 

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा युनिलिभरबाट  दुईवटा,  शिवम् सिमेन्टबाट एउटा र उपमहानगरबाट दुईवटा गरी पाँचवटा मेसिनबाट अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ। पहिलो दिन तीनजनाले अस्पतालबाट डायलाइसिस सेवा लिएका छन्। 

उपमहानगरपालिकाका प्रमुख महतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अस्पताललाई आवश्यक पर्ने सम्पूर्ण उपकरणको व्यवस्था  उपमहानगरले गर्ने बताए। केही दिनमा रोटरी क्लबबाट पनि थप तीनवटा मेसिन अस्पताललाई हस्तान्तरण गरिने उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.