|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश हरित अभियान २०७८’ को शुभारम्भ गरेका छन्। डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका हुन्। 

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगत्तै प्रदेशको आठवटै जिल्लामा एक साथ वृक्षारोपण शुवात भएको हो। अभियानको शुराम्भका लागि आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन्।

सप्तरीमा समाजिक विकासमन्त्री नवल किशोर साह, सिरहामा आर्थिक माामिला तथा योजनामन्त्री विजयकुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय र महिला वालवालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह पुगेका छन्।

यस्तै, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा आर्थिक माामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादव, पर्सामा ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले गरेका छन् । धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकापाका प्रमुख हरिनारायण महतो, वन सचिव डा. रामचन्द्र कँडेल सहितको उपस्थिति रहेको थियो।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठवटै जिल्लाको कुल १ हजार १३५ हेक्टर क्षेत्रफलाम १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कँडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.