|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएको छ। केही दिनदेखि बेला बेला भइरहेको वर्षा र सोमबार बिहान करिब २ घण्टा लगातार भएको वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।

अहिले जनकपुरका प्रायः सडक र सरकारी कार्यालयमा पानी जमेको छ। गहिरो स्थान रहेका घरभित्र पानी पसेको छ। ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल र जिल्ला प्रहरी कार्यालय जलमग्न भएको छ।

यस्तै, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। विगतमा नगरको पानीको निकास जलाद र दुधमति नदीमा हुने गरेकामा अहिले नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.