ओलीले गरेका निर्णय चित्तबुझ्दो नभएको भनाइ

|

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षको निर्णयपछि नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबारका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। ​

'आजको निर्णयपछि भोलिका लागि हाम्रो बैठक बोलाएको छ। आवश्यक छलफल गरेर निर्णय लिन्छौं,' उनले भनिन्। ओलीले आज गरेको निर्णय चित्तबुझ्दो नभएकाले आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उनको भनाइ छ।

'उहाँले पार्टीलाई ०७५ जेठ २ मै फर्काउँछु भनेर प्रचारबाजी गर्नुभयो। तर, आजको बैठकको निर्णयपछि उहाँ एकताको पक्षमा हुनुहुन्न भन्ने देखिन्छु,' उनले भनिन्, 'पार्टीलाई पहिलेको अवस्था फर्काइसकेपछि मात्रै पो आवश्यकताअनुसार सदस्यहरू थप्न सकिन्छ।'

१८ गते बोलाइएको बैठकमा अहिलेकै अवस्था जान नसकिने उनको भनाइ छ। यद्यपि, संस्थापन पक्षको निर्णयपछि दोस्रो तहको नेताहरूको विभिन्न कोणबाट छलफल भइरहेको छ।

संस्थापन पक्षले नेता नेपाल समूहको मागअनुसार महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ। नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्था फर्काउनुपर्ने माग राख्दै आएको थियो।

नेता नेपाल समूहका बिनाको बैठकले बैठकले एमाले स्थायी कमिटी भएका माओवादीबाट आएका नेताहरूसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको थियो।

नेपाल समूहका नेता भुषाल र पन्तलाई समेत स्थायी कमिटी समेटेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.