|

काठमाडौं :  सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवा गरेको हो।

प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका हुन्।  त्यस्तै प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जनाकारी दिए। 

यस्तै सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा बढुवा भएका छन्।  इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.