|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न आग्रह गर्दा नमानेको गुनासो गरेका छन्।

बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भने,‘मैले माधवजीलाई फोन गरेको थिए। उहाँलाई भेटौँ भनेर प्रस्ताव राखेको थिए। तर, उहाँले कुरा गर्न समेत मान्नुभएन।’ नेता नेपालले आफ्नो फोन उठाएर कुरा गर्ने मन समेत नभएको जवाफ दिएको उनले बैठकमा राखे।

‘करिब २० मिनेट कुराकानी भयो। उहाँले तपाईंको फोन उठाउने मन त थिएन। तर, साथीहरूको दबावले मात्र उठाएको भन्ने जवाफ दिनुभयो’ ओलीले बैठकमा भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.