|

सुर्खेत : रातभर परेको वर्षाले बिहान आकाश खुलेर छर्लङ्गै भएको थियो। त्यहि छर्लङ्ग परेको खुल्ला आकाश, हरियाली वातावरण, हिलाम्य सडकमा कष्टकर यात्रा गर्दै सयाैँकाे संख्यामा सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित जर्बुटा ठाउँमा पुगेका थिए।

वीरेन्द्रनगरबाट करिब आधा घण्टाको बाटोमा रहेको जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि टलक्क टल्केको देख्न सकिन्छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुन्दर वीरेन्द्रनगरको आधा भागको दृश्य सहजै नियाल्न सकिन्छ।

जर्बुटा पुगेर कोही टिकटक बनाउँछन् भने कोही फोटो, भिडियो खिचेर रमाउने गर्छन्। त्यहाँ रहेकाे अग्लो ढुंगामाथि गएर फोटो खिच्न पालाे नै कुरेर बस्नुपर्छ। 

जर्बुटा ठाउँ अत्यन्तै रमणीय भए पनि पछिल्लो समय आन्तरिक पर्यटनको आगमनले फोहोर भने बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.