|

जनकपुरधाम : लगातारको वर्षाले जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका अधिकांश भागहरू जलमग्न भएका छन्।

जनकपुरधाम उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घरघरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ। मुसलधारे वर्षाका कारण पानीको उचित निकास नभएर उपमहानगरपालिकाको अधिकांश वडाहरूमा पानी जमेको छ।

उपमहानगरपालिका–१, २, ३, ४, ७, ८, १३ वडाहरू पानीले जलमग्न छन्। स्थानीयका घरहरु मात्र नभएर कतिपय सरकारी कार्यालयहरू पनि जलमग्न छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति सहितको कार्यालय पनि जलमग्न छन्। उपमहानगरका तथा जिल्लाका अधिकांश क्षेत्रका सडकमा पानी जम्दा आवतजावतमा समस्या उत्पन्न भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.