|

उदयपुर : लगातार परेको भारी बर्षाका कारण उदयपुरको त्रियुगा नदीको पुल भत्किएको छ। चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्ही जोडने पक्कि पुल भत्किएको हो।

दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिणतर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको छ। १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको सिवाई खण्डको दुईवटा स्लाब बाढीले बगाएको छ।

दुई वर्षमा सम्पन्न गर्ने गरी ११ वर्षअघि निर्माण सुरु गरिएको पुल संञ्चालनमा नआई भत्किएको छ। बाढीले स्लाब बगाउँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४८ वर्षीय अख्तर मियाँ रहेका छन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.