|

काठमाडौं : एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसरमा आयोजित उत्तर अमेरिकाव्यापी कविता प्रतियोगितामा नारायण अधिकारीको कविता ‘मृत्युपछि बाँच्नेहरू’ प्रथम भएको छ।

शनिबार भएको प्रतियोगितामा पदमा लिङ्खा मगरको ‘नदीको रूप’ द्वितीय र युवराज भण्डारीको ‘जुनकिरीहरु’ तृतीय भएको छ। पुरस्कृत कविहरूलाई क्रमशः ३००, २०० र १०० अमेरिकी डलरको पुरस्कार प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो।

प्रतियोगितामा ३७ जना कविले सहभागिता जनाएका थिए। कार्यक्रममा उत्कृष्ट दशमा परेका कवि पूर्ण विश्व, कोमल भट्ट, किशनसिंह धामी, लालप्रसाद चौलागाईं, सुशील नेपाल र हरिलाल शर्माले कविता वाचन गरेका थिए।

प्रतियोगिताको निर्णायकमा मधु माधुर्य, निलम कार्की निहारिका र सुदीपभद्र खनाल रहेका थिए।प्रतियोगिताको संयोजन गोवर्द्धन पूजाले  गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.